सामग्री ः कुखुराको फल मासु ४ सय ग्राम, एभोकाडो फल ४ वटा, टोटिल्ला रोटी ४ वटा, जिराको धूलो १ ठूलो चम्चा, हरियो खुर्सानी १ ठूलो चम्चा, हरियो लसुन १ ठूलो चम्चा, कागतीको रस १ ठूलो चम्चा, बेसार आधा सानो चम्चा, सनफ्लावर तेल ५० मिलिलिटर, मेथी आधा सानो चम्चा, पोलेको गोलभेडा २ वटा, बिरेनुन आधा सानो चम्चा ।

विधि ः कुखुराको फल मासुलाई लामो गरी काटेर चुल्होमा अलिअलि खैरो हुने गरी पकाउने र स-साना टुक्रामा काट्ने। एभोकाडोको बोक्रा तासेर गेडा निकाली स-साना टुक्रा बनाउने। सलाद बउल (बाटा) मा कुखुराको मासु, एभोकाडो, पोलेको गोलभेडा, लसुन, खुर्सानी, जिरा, बिरेनुन तथा कागतीको रस हाली राम्रोसँग मोल्ने। फ्राई प्यानमा तेल तताएर मेथी हाल्ने तथा कालो हुन थालेपछि बेसार हाली मोलेको मासु र एभोकाडोमा झान्ने।

यसलाई तोतिल्ला रोटी -पातलो गरी बेलेर पकाइएको मैदाको रोटी) को बीचमा राखी दायाँ-बायाँ र आफूतिरबाट विस्तारै फोल्ड गर्ने। यसलाई बीचबाट क्रस काटी प्लेटमा सजाएर गाजर, काँक्रो एवं प्याजको सलादसँग सर्भ गर्ने।

एभोकाडोेको सेवनले

- खराब रक्त कोलेस्ट्रोल लेवल घटाउन सहयोग पुर्‍याउँछ।

- हड्डी र छाला मजबुत बनाउँछ।

- मुटु स्वस्थ राख्छ।

- ब्रेस्ट क्यान्सरको जोखिम कम गर्छ।